ब्रह्म-सत्य

वस्तुत: सत्य एउटै हुन्छ-
घाम एउटा हुन्छ
जून एउटा हुन्छ
विशाल छ आकाश
तर फैलिएको एउटै हुन्छ।

भन्छौ नि
लाखौँ छन् तिम्रा ईश्वर-
तर
अनन्तमा एउटै हुन्छ।

छानिँदा छानिँदै
निख्रिँदा निख्रिँदै
जुन अन्त्य बँच्छ:
प्रेमको  – मोहको
यात्राको – जीवनको
सत्य केवल त्यही हुन्छ।

केवल ब्रह्म- सत्य हुन्छ..

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *