रोपाईँ

हिलोमा चोबलिनु
र लछप्पै भई निस्किनु।
गोरुको पछि हिँड्नु
र पुछर समाई जिस्किनु।

गाउनु, कराउनु,
मग्न भई हराउनु।
भिज्नु यस्तरी कि
केहीसँग नडराउनु।

अझै याद छ,
त्यो बचपन अनि त्यो रोपाईँ।

मानौँ
खेतको आलीबाट बिस्तारै निस्किएर
सपना सम्याईरहेछ जिन्दगी।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *