तिम्रो समाज

कसिलो छ एकातिर,
अर्कोतिर उदाङ्ग छ।
कपडा छ शरीरभरी,
तर विचार नाङ्गो छ।

तिमी भन्छौ- यस्तै हुन्छ!
समाज चल्छ यसैगरी।
तिमी राख तिम्रो समाज-
बनावट नै बाङ्गो छ।

रङ्गीन भन्छौ, देखाउँछौ,
हाँसो हाँस्छौ बनावटी।
म जान्दछु सत्य के हो!
देखावटी उमङ्ग छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *