कृष्ण कोही साथ भए

म उड्न चाहन्छु
त्यो आकाशभन्दा माथि।
म पुग्न चाहन्छु
त्यो क्षितिजभन्दा पर।

म हेर्न चाहन्छु
अदृश्य जगतको प्रेम।
म छुन चाहन्छु
हावामा किरणहरु।

म नाप्न चाहन्छु
आफैँले कोरेको गोरेटो।
म जित्न चाहन्छु
समरका सारा युद्धहरु।

अर्जुन जस्तै!
कृष्ण कोही साथ भए
सँगै भए(!)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *