नेताज्यू आजकल कवि हुनुभा’छ

शहरबाट एकाएक
हरायो कविता।

शब्द हरायो
वाक्य हरायो
साहित्य हरायो।

कविहरु डराए
र रुँदै कराए-
‘तमाम शब्द र कविताहरु
कहाँ हराए?’

अर्को दिन
बिहानै विज्ञप्ति आयो-
‘नेताज्यू आजकल कवि हुनुभा’छ
कविता लेख्दै हुनुहुन्छ
लेख लेख्दै हुनुहुन्छ।
कसैलाई शब्द चाहिए
अनुमति लिनुहोला।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *