घण्टौँ सँगै बिताएर
फर्किँदा पनि
केही चिज अधुरै रहन्छन् ।
जस्तो-
एउटा अन्तिम मुस्कान
एउटा अन्तिम स्पर्श
एउटा अन्तिम गनगन…
केही भन्न छुटेझैँ
केही सुनाउन बिर्सिएझैँ ।
प्रिय !
जे जति बाँकी छन् कुराहरु
अर्को भेटमा पनि
नसुनाउनु है मलाई !
केही कुराहरु
अधुरा नै मिठा रहन्छन्
प्रेममा…