एक———
बेरेर तिम्लाई अङ्गालोभरि
चुमेर अधरमा ।
पुछेर तिम्रा आँशुका थोपा
हेरेर नजरमा ।
छामेर तिम्रो मुटुको चाल
उन्मत्त रहरमा ।
बिताउन मन छ यो जिन्दगानी
तिम्रै त्यो शहरमा ।
……….
दुई——–
प्रेममा
थोरै लज्जा छैन भने
त्यो प्रेम-
प्रेम होइन
अर्थोकै केही हो ।