आफू बिलाएँ
र तिमीमा हराएँ।
मोडेर यात्रा
तिमीभित्र आएँ।
जति’थे सपना
तिमीमै गुमाएँ।
जीवनको भारी
तिमीमै बिसाएँ।
झुकेर आफू
तिमीलाई उठाएँ।
अस्तित्व आफ्नो
तिमीमै मेटाएँ।
मन मिल्ने मान्छे
तिमी मात्रै पाएँ।
खैर!
जे होस् मैले तिमीलाई
चुपचाप मन पराएँ।