कसैले पछाडीबाटै भन्दियो
झोलाको चेन नलागेको
र मैले लगाएँ।
बाइकको स्ट्यान्ड
साडीको सप्को
ठाउँको ठेगाना
भुलिएको गल्ली…
भेटिरहँदा अपरिचितहरु
र
बिना परिचय बताइदिँदा
अल्मलिएको बाटो
र
मुस्कुराउँदै औँल्याइदिँदा
साना साना गल्तीहरु।
लाग्छ
अपरिचितहरुको भिडमा
बरु सुरक्षित छु म।