धेरै यादहरु त
त्यतै छोडिएका छन्
मन्दिरका पर्खालहरुमा ।
कुनै मन्दिरको सिँढीमा
कुनै टुँडालको चित्रमा
कुनै घण्टीको टिङ्टिङ्मा
कुनै शङ्खनादमा
कुनै चन्दनको महकमा…
आज फेरि
मन्दिरको छेवैबाट पार भएँ
अनि तिमीलाई सम्झिँए ।
आज फेरि
धुपको सुगन्धमा
तिम्रै याद ताजा बनी मगमगायो ।