म कप जस्तै स्थिर छु,
तिमी-
बाफ जस्तै उड्न भन्छौ ।
म पानी जस्तै शान्त छु,
तिमी-
लहर जस्तै छचल्किन्छौ ।
म चुस्की जस्तै मिठास भन्छु,
तिमी-
एक घुट्कीमा पिउन खोज्छौ ।
तर पनि
केही पक्कै चाहना छ,
चिया छ र बहाना छ ।
जोड्छ, बाँध्छ, साथ राख्छ,
चिया छ र- प्रेम छ
हर कुराको याद राख्छ ।