त्यसैले…

भागेर गए
कहाँ पुगिएला ?

भेटिएला त ?
आफन्तहरुभन्दा परको भूगोल !
डरभन्दा बाहिरको संसार !
दुःखको अन्त्य !
पीडाको समाप्ति !

या भेटिएला
अर्को अन्त्यहीन कहालीको सुरुवात ?

हुनसक्छ…

कसले पो देखेको छ र
सुदूर भविष्य ?

तर मलाई त यतिबेला
मोक्षको बाटो पहिल्याउनुछ।
त्यसैले
मैले भाग्नैपर्छ…

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *