ओठले बोलेका कुराहरु पनि
झुटा हुन्छन् यदाकदा ।
वाचा बन्धनका कथाहरु
पीर दुःखका व्यथाहरु ।
गुनासो, गथासो,
गन्थन या त दुखेसो ।
विश्वास हुन्न
सुँक्सुँकाउँदै चुहाएका आँशुहरुकै ।
भर हुन्न
अभर पार्ने मुसुक्क मुस्कानको ।
मलाई
झुटो प्रेम मन पर्दैन ।
मलाई
जुठो प्रेम मन पर्दैन ।