नथाकुञ्जेल आँखा-
हेरिरहनेछु तिमी आउने गोरेटो ।
नगलुञ्जेल गोडाहरु-
घुमिरहनेछु तिमी हिँड्ने गल्लीहरुमा ।
नसुकुञ्जेल मनमा गाढा बनेर बसेका
तिम्रा यादहरु-
सम्झिरहनेछु तिमीसँग बिताएका पलहरुलाई ।
एक इतिहास जोडिएको छ तिमीसँग
इतिहास-
वर्षौँपछि पनि याद रहन्छ इतिहासमा
नमेटिनेगरि ।