तलतल

यो बिहान
यो मौसम
यो स्फूर्ति
र यो दिनको सुरुवात ।

चियाको पहिलो चुस्कीसँगै
सारा यादहरु
बतासिँदै आउँछन्
र कुत्कुत्याउँछन्
मनभरि, शरीरभरि…

प्यारी !
तिम्रो तलतल त
यो चियाको तलतलभन्दा चर्को लाग्छ अचेल ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *