सत्यम् शिवम् सुन्दरम्…

जहाँबाट सुरु हुन्छ-
सृष्टिका कारण अकारणहरु ।

जहाँबाटै छुट्छ र फर्किन्छ-
सत्व, रज र तमोगुण।

जसकै कारण चल्छ-
ब्रह्माण्डको सारा नियम ।

जहाँबाटै निस्कन्छ र बिलाउँछ-‍
जगत्‌को आदि, मध्य र अन्त्य ।

उही ब्रह्मदेखी, उही जीवनमा
उही विराट रुप त- उही कणकणमा ।
उही धाता, उही विधाता
उही ज्ञान त- उही ज्ञाता ।

रुद्रं चरण शरणम्
सत्यम् शिवम् सुन्दरम्…

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *