गह्रुँगो

जिन्दगी
के नै हो र आखिर ?
जन्म र मृत्यु बिचको अभिनय !

एक गाँस भोक
एक घुट्को तिर्खा
एक झप्को निद्रा
एक पलको आराम ।

सुत्नु, खानु
हिँड्नु, डुल्नु…

सोचे साधारण छन्
धेरै कुराहरु ।

हरेक कुरा
यति हल्का र यति सिमित बनाइदिने
ए जिन्दगी~
एउटै सपनाको भारी
किन यति गह्रुँगो बनाइस् ?

………….

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *