एक जमाना थियो
हरेक दिन समाचार आउँथ्यो
सिरिया या त अफगानिस्तान
इराक या त पाकिस्तानबाट ।
मृत्युको, हत्याको,
बन्दुकको, विस्फोटको ।
गोली र बमका खबरहरु
समाचार- लास बनेर आउँथ्यो
समाचार- लास गनेर आउँथ्यो ।
तर एक दिन
अचानक सन्नाटा छायो
र खबर आउनै बन्द भयो ।
वर्षौँपछि
फेरि त्यस्तै समाचार आउँदैछ
तर योपटक
यूरोप, अमेरिकाबाट ।