जीवन बितिरह्यो

कति थोक थियो-
गर्नैपर्ने थियो ।

कति कुरा थियो-
भन्नैपर्ने थियो ।

कति याद थियो-
बिर्सिनु थियो ।

कति खुसी, कति दुःख
कति कति कथाहरु ।

तर जीवन?

चुपचाप बितिरह्यो !
बितिरह्यो……

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *