गाउँबाट
शहर छिरेको थियो
एउटा हात्तिजत्रै सपना ।
अचम्मको वेग थियो
उत्साहले भरिएको ।
त्यही उत्साहमा
यति दौडियो, यति कुद्यो,
यति भाग्यो र यति बत्तियो कि
लाखौँ, हजारौँ, करोडौँ
दुरुस्तै आफूजस्तै
सपनै सपनाहरुको
घानमा परेर निचोरियो ।
आजकल
सपना दुब्लाएर मुसो जत्रै भा’छ ।