तिमी आउँछ्यौ नै भने

तिमी आउछ्यौ नै भने
कविता बनेर आउनु।

ल्याउनु कोसेली
एक झोला बादलका टुक्राटाक्री
एक भारी हावाका तरङ्गहरु
एक अञ्जुली चराको चिर्बिर
एक खोकिला फूलको सुगन्ध
एक मुठ्ठी प्रेम

एक ओठ मुस्कान।

तिमी आउँछ्यौ नै भने
शब्द बनेर आउनु
ताकि
म लेख्न सकुँ अन्तिमसम्मै
तिम्रै नामका हरफहरु।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *