दुबैतिर

छुँदै मात्रै झन्झनाउने
कम्पन थियो दुबैतिर।
नसा नसा सन्सनाउने
तड्पन थियो दुबैतिर।

छुन्थे हात, चुम्थे ओठ
बेहोसी झैँ बतासिन्थे।
अङ्गालोमा कसिएको
बन्धन थियो दुबैतिर।

खै के थ्यो? तर थियो-
खै के को हतार थियो!
एकै सुरमा धड्किएको
धड्कन थियो दुबैतिर।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *