तिमी यसरी आउनु

तिमी यसरी आउनु
जसरी
झरी आउँछ
र लछप्पै भिजाउँछ शरीर।

तिमी यसरी आउनु
जसरी
बतास आउँछ
र बिस्तारै मुसार्छ कानको लोती।

तिमी यसरी आउनु
जसरी
बिहानै आइपुग्छ घाम
र सुटुक्क घुस्रिन्छ ओछ्यानमा।

तिमी त्यसरी नै आउनु
जसरी
सँधै आउने गर्थ्यौ
र सुस्तरी निदाउँथ्यौ मेरा आँखाहरुमा।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *