ठुँस्स छ त मुहार!
रिस मरेको छैन अझैँ?
अझै उस्तै अनुहार!
रिस मरेको छैन अझैँ?
भयो गल्ती! माफी माग्छु,
भन मात्र- सबै मान्छु।
के दिउँ म! के के बोलुँ?
जता भन्छौ लैजान्छु।
जे गरे नि हुन्न सुधार,
रिस मरेको छैन अझैँ?
किन यस्तो अनुहार!
रिस मरेको छैन अझैँ?