म यहीँ छु..

जब-
मलाई खोज्नेहरु
मलाई खोजेजस्तै गरेर
यता उता अल्मलिरहेको देख्छु।

जब-
मलाई चाहनेहरु
मेरै यादमा छट्पटाउँदै
भावविह्वल बनिरहेको देख्छु।
मेरै प्रतिक्षा गरेझैँ चल्मराइहरेका
ति चपल आँखाहरु~

तब-
म सोचमग्न हुन्छु!
कोही किन
मै भएठाउँ
मेरैछेउ आएर सोध्दैन?
हेर्दैन,खोज्दैन!

म त यहीँ छु
जहाँ थिएँ- त्यहीँ छु
जहाँ हुनुपर्ने- त्यहीँ छु…

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *