इर्ष्या लाग्छ-
जब
बत्तिएको बतास
तिम्रा पाखुराहरुमा छुदै
आइपुग्छ मेरा सामु
र
जिस्काउँछ मेरो गाला मुसार्दै।
जब
मात्तिएको झरी
तिम्रा केशहरुमा बर्सिन्छ
र
लुट्पुटिँदै छिर्छ छातीभित्र।
जब
बाफिएको तातो चिया
उत्ताउलिँदै छुन्छ तिम्रा ओठ
र
छचल्किन्छन् दाँतहरुमा।
मलाई
इर्ष्या लाग्छ..