पुरुषत्व

जब
रुन खोज्दाखोज्दै रोकिन्छ
एक थोपा आँशु
आँखैको डिलमा अडिएर
र छचल्किँदै फर्कन्छ गहभित्र ।

जब
पहिरो जान ठिक्क हुन्छ
मनको कमलो तह भक्कानिएर
र थामिन्छ चट्टान बनेर मनैभित्र ।

त्यतीबेला अचानक जाग्छ
पुरुष भित्रको पुरुषत्व
र जाग्छ एउटा फौजी चेतना ।

हल्ट!
छोरोमान्छे भएर रुनु हुँदैन …

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *