काफी छ एउटै यात्रा
गन्तव्यमा पुग्नलाई ।
काफी छ एउटै मुस्कान
मुहार उजिल्याउनलाई ।
धेरै फरक पार्छ जिन्दगीमा-
एउटा हातले
एउटा साथले
एउटा बोलीले
एउटा यादले…
जसरी-
थोपा थोपा मिलेरै बन्छ पानीको धार
धार बग्छ, मिल्छ र बन्छ नदी
नदी बग्छ
र समाहित हुन्छ विशाल सागरमा ।
एउटै मान्छेको मायाले पनि
धेरै फरक पार्दछ
जिन्दगीमा…