फरक पर्छ र?

फरक पर्छ र?

हामी भेटिनु
भेटिएर नजिक हुनु
नजिक हुँदै साथ हुनु
साथ निभाउँदै वर्षौँ बिताउनु
अनि
हावाको पातलो झोँकाले
भर्भराउँदो दियो
झ्याप्पै निभाएझैँ
धिप्धिपाउँदै निभ्नु-
कुनै पुरानो सम्बन्ध!

फरक पर्छ र?

फरक पर्छ~
भेट्नु र छुट्नु मात्र
जीवनको नियती होइन यदि भने
धेरै फरक पर्छ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *