अरुजस्तो हुनु~
अरुकै हुनु!
मलाई म
मैजस्तै मन पर्छ।
जस्तो-
मलाई तिमी
तिमीजस्तै मन पर्छ।
आफू-
आफू भएर बाँच्न जति सुन्दर
के होला र संसारमा?
विचार गर त!
हिमाल-हिमाल भएरै सुन्दर छ
नदी-नदी भएरै बगिरहन्छ..
प्रिय~
तिमी- तिमी हुनु
म- मै रहुँला।
के तिमी
मभित्रको
‘म’लाई स्विकार्छौ?