म सञ्चै छु ल!

सञ्चै छौ?
कि
चिसोले ठिँगुराइसक्यो आत्मा?

शीतभन्दा ओसिला
वचन लाएर गएथ्यौ कुनै दिन।
बरफजस्ता आँखाले
विदा भएथ्यौ साँझको गल्लीबाट।

मलाई सबै याद छ
र त कविता लेख्दैछु।
मलाई पुरा सम्झना छ
र त याद लेख्दैछु।

संसारको कुनै कुनाबाट
कविता पढ्दैछ्यौ भने
सुन प्रिय-
म सञ्चै छु ल!

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *