मृत्युबोध

बल्दै गएको दियो
सकिँदो तेल

धि‌प्धिताइरहेको बाती ।

धुवाँ उडिरहेको धूप
निस्किँदो खरानी

मलिन सुगन्ध ।

मन्दिरमा
जसै पस्छु म
र हुन्छु जीवनसँग साक्षात्कार ।
या मृत्युसँग ?
खैर छोड-
दोहोरो नघुम्दो हो त
एकोहोरो बज्नेथियो शङ्ख ।

दुरुस्तै
घाटमा बज्ने शङ्खजस्तै 

मलाई
मृत्युबोध हुन्छ…

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *