अर्थ

मनको मन बुझ्नु
र सम्हाल्नु आफ्नै मनलाई 
मनदेखि अमन हुन ।

सम्बन्धको सम्बन्ध पर्गेल्नु
र केलाउनु परिभाषा
सम्बन्धकै सम्बन्धको ।

धेरै अर्थ हुन्छ
एउटै बोलीको पनि
बोलीको बोली खुट्याउनु
र सुन्नु शब्दभित्रको अर्थलाई ।

धेरै फरक पर्छ अर्थमा पनि-

अर्थको अर्थ नबुझेर
घण्टौँ अल्मलिएको छु ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *