एउटा धमिलो दिन थियो

धमिलो थियो आकाश
धुम्म दिन
धुम्म बाटो

कतै शीत पो तप्किन्छ कि!
तर देखिएन
आँखै सामुन्नेको ढुङ्ग्यान सडक
ठेस पो लाग्छ कि !

मन पनि वेचैन छ,
तर के छ ?
क्लान्ति, तृषा,
भ्रान्ति, अवसाद..

रुमल्लिँदो मन लिएर
मैले ईश्वर सम्झिएँ
र हत्केला फैलाइदिएँ-
शीत तप्कियो

मैले तिमीलाई सम्झिएँ..

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *