झरी पर्छ अनि तिम्लाई सम्झिन्छु
आँशु झर्छ अनि तिम्लाई सम्झिन्छु ।
मनै न हो भक्कानिन्छ
रुन्छ अनि छट्पटिन्छ
आत्मै मर्छ अनि तिम्लाई सम्झिन्छु ।
न भुल्छु, न सम्झिन्छु
न यादमै अल्मलिन्छु
याद नै टर्छ अनि तिम्लाई सम्झिन्छु ।
सम्झनाका तरेली छन्
बाँधिएका परेली छन्
गाँठो पर्छ अनि तिम्लाई सम्झिन्छु ।
श्वास चल्छ, मुटु चल्छ
चल्छ मात्रै! बल्छ जल्छ
ढुकढुक गर्छ अनि तिम्लाई सम्झिन्छु ।