देखाउन पो सकिन्न त पीरहरु मनग्गे छन्
पिठ पछि गाढिएका झिरहरु मनग्गे छन्।
देख्नेले त सपाट देख्छन्, सम्म सफा हराभरा
कहालीले उक्लिएका भिरहरु मनग्गे छन्।
धर्म भाक धूप बाल, ईश्वर आफैँ थाकेका छन्
भग्न भइ भत्किएका मन्दिरहरु मनग्गे छन्।
सजिलै छ हेर्नलाई त पाइला मात्रै चालिरहे
तर गोडा जेलिएका जन्जिरहरु मनग्गे छन्।