बत्ती निभेपछि

बत्ती निभेपछि
एउटा संसार सुरु हुन्छ
नसोध्नु त्यहाँ के हुन्छ !

कोही निदाउँछ मस्त
कोही निदाएको नाटकमा हुन्छ
कोही लुसुक्क छिर्छ झ्यालबाट
कोही निस्किँदैहुन्छ कतै कुनाबाट

अझ
कतै कतै त सुनिन सक्छ
केही आवाज
मिहिन चित्कार
मधुरो वेदना

आज पनि 
साँझ त पर्दैछ
पर्दा लाग्दैछ
बत्ती निभ्दैछ…

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *