कुटिल हाँसो मुस्कुराउँदो ओठ देखेँ घायल भएँ
प्रेम दिएँ- बदलामा चोट देखेँ घायल भएँ ।
दिएकै’थेँ सारा खुसी, दिने नै’थेँ सधैँभरी,
खै कस्तो चाहना’थ्यो, नोट देखेँ घायल भएँ।
मिल्ने थियो, मिलाउँदै’थेँ, असमानता थियो तर-
छेकछन्दै नमिलेको बनोट देखेँ घायल भएँ।