आधा बाटो मात्रै डोहोर्याउँछ
पहाडले नदीलाई पनि।
आधा बाटो मात्रै बोक्छ नदीले
पहाडको सुस्केरा ।
आधा बाटोमै छुट्छन्
साथ हिँडेकाहरु पनि
जसरी
आधा बाटोमै छुटिरहेछन्
जीवनका सपनाहरु ।
आधा बिहान
आधा दिन
आधा रात…
म आफैँ
आधा जीवन बोकेर बाँचिरहेँछु
तिमी नै भन न !
तिमीलाई सिङ्गो ‘म’ कसरी दिऊँ ?