मुटुभरको सारा माया उपहार तिमीलाई
सुम्पिसकेँ जिन्दगीको सार तिमीलाई ।
मेरो थियो तिम्रो भयो तिमी मेरो भएपछि
जति जे छ मेरो सबै संसार तिमीलाई ।
बदलामा के दिऊँ अझै यति धेरै पाएको छु
दिन सक्छु जीवनभरी प्यार तिमीलाई ।
म बाँचेको सृष्टि अनि म हिँडेका बाटाहरु
अडिएको जमीन सबै आधार तिमीलाई।