धूलो हैनौ प्रिय तिमी, आकाश छ तिमीभित्र
अँध्यारोमा बाटो खोज्ने प्रकाश छ तिमीभित्र।
एउटा फूल छ मग्मगाउँदो सामुन्ने छ बगैँचामा
एउटा महक आभास हुने सुवास छ तिमीभित्र।
कहाँ खोजौँ आफूलाई! तिमीभित्रै हराइसकेँ
माधुर्य छ, सम्मोहनको मिठास छ तिमीभित्र।