घाम पानी सहेर
बाँच्ने रहर चर्को छ
यो भन्दा चर्को कुनै-
जिन्दगानी अर्को छ?
न ठेगान छ भविष्यको
आजको भर छ
उधारोमा बाँच्नुपर्ने
लिलामीको डर छ।
पट्यारलाग्दो दिन हुन्छ
रात आउँछ उसैगरी
हर क्षणमा हर मौकामा
कोलाहलको झर्को छ।
यो भन्दा चर्को कुनै-
जिन्दगानी अर्को छ?