डर

मनमा छन्
र त
छुट्छन् कि भन्ने डर छ।
डर छ,
छुट्छन् कि भन्ने
र त मनमा छन्।

मन अमन नहुन्जेल
यतै बसिराखुन् बसेकाहरु
के’था!
कुनै दिन
बसेकाहरुसँग नै डर पलाओस्
र दिक्क मानोस् मन पनि
मनसँगै बेमन भएर।

र ठानोस् मनले पनि
एउटा मुक्ति.. उन्मुक्ति..

र सायद त्यो दिन
न डर रहनेछ
न मन..

@ विस्मय !