ईश्वरवल्लभको कविता- धूवाँको जङ्गल

माथि आकास हेर्नु छ
क्षितिज छुनु छ।
एक जनालाई फूलको थुँगा दिनु छ
नजिकमा कोही छ कि छैन !
यदि छ भने
उसलाई बोलाउनु छ।

फेरि एउटा
लहर र लस्कर बनाएर
पर पुग्नु छ।

साँझको रक्तिम कलिलो घाम
सायद कतै हराएछ।
बिहानको सखार पनि देखिएन !
ओरालो पनि छैन
कता गए ती बस्तीहरू?
कता गए ती आफन्तहरू?
यही धूँवाको जङ्गलमा सबैलाई खोज्नु छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *