यात्रीहरु

नदी तरेर जाँदैमा हराउँदैन नदी
बरु
छुटेर जान्छ यात्री नदीबाट टाढा।

बाटो काट्दैमा काटिँदैन बाटो
बरु
बाटोले डोहोर्‍याइरहन्छ
अरु हजारौँ यात्रीहरुको सफर।

मेरो आँखाको पुल तरेर
मनको बाटो हिँडेका
ए यात्रीहरु हो- सुन
म अझैँ पनि त्यहीँ छु
त्यस्तै छु
उस्तै पवित्र
उस्तै कञ्चन…

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *