ग़ज़ल

एकैनास हुन्न सधैँ, बदलाव जरूरी थ्यो
कोही यसै बदलिँदैन, दबाव जरूरी थ्यो ।

कारोबार थ्यो पुरानो, रफादफा बाँकी नै थ्यो
बहीखाता मिलाउनैथ्यो, हिसाब जरूरी थ्यो ।

जिन्दगी हो बगिराख्छ, एकै लय एकै गति
बगिराख्नु नियति थ्यो, बहाव जरूरी थ्यो ।

जीवन चल्छ- राजनीति झैँ, आउनेहरु जान्छन् पनि
मनको सत्ता बदल्नलाई, चुनाव जरूरी थ्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *