१-
सधैँ
याद छ र रहनेछ
साथ छ र रहनेछ ।
भुल्या छैन लठ्ठ भइ
तिम्रो काखमा निदाएको ।
मात छ र रहनेछ
याद छ र रहनेछ ।
२-
कठिन छ
कठिन छ नि हैन !
हर बिहान उठ्नु
हर दिन गुजाराका लागि दौडनु
हर साँझ थकित हुनु
र हर रात
जीवनका लास बनेका सपनाहरुलाई
सम्झिएर आँशु चुहाउनु
सुँक्सुकाउनु ।
कठिन छ…
जीवन कठिन छ
यात्रा कठिन छ
बाँच्न कठिन छ ।
बाच्न्भन्दा कठिन के छ र दुनियामा?
मृत्यु ?
हुनसक्छ~
मृत्युको दिन जीवन सकिन्छ ।
३-
फूल
फूल-
मन्दिरमा .चढ्छ,
मनमा चढछ
र
चिहानमा पनि चढ्छ ।
मेरो प्रेम-
फूलजस्तै छ प्रिय
कहाँ चढाउँछौ
तिम्रो मर्जी ।