समय आएपछि त
बच्चाले पनि छोड्छ आमाको काख
जसरी
बचेराले छोड्छ गुँड।
समय आएपछि त
प्रेमले पनि खोज्छ नयाँ परिभाषा
जसरी
रुखले फेर्छ पालुवा-वसन्तमा।
समय आएपछि त
पहाड पनि रसाउँछ-
ढुङ्गा छिचोलेर
तिमी किन व्यर्थै आत्तिँदैछ्यौ?
पर्ख न!
अझै त
समय बाँकी नै छ!
भर्खरै झरी बर्सिँदैछ
कुलो रसाउँदैछ..