बताऊ न !

भा’को के हो बताऊ न !
मनको दुःख जताऊ न !

त्यो दिन त त्यस्तै भयो
मनको कुरा सबै रह्यो ।
मन दुख्दा मनदेखि
न कसैले केही सह्यो ।

जे जे भयो, जस्तो भयो
भुलिदिउँ न सबै कुरा ।
फेरि गल्ती दोहोरिन्न
वचन दिन्छु पुरा पुरा ।

गाली गर ! सताऊ न !
के भ’को हो बताऊ न !
मलाई सुन्नु छ के सबै कुरा…

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *