तिमी मुस्कुराउनु

म बाटो काट‍्दा- तिमी मुस्कुराउनु
म हेर्छु तिमीलाई, तिमी नलजाउनु ।

नबोल्नु यदी मनमा, लाज कतै छ भने
नभेट्नु यदी डरको अन्दाज कतै छ भने ।

म कुर्नेछु तिमीलाई, त्यति याद राख्नु
म बाटो काट‍्दा- तिमी मुस्कुराउनु।

@ विस्मय !